महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने « Khabarhub

महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्ने भएका छन् ।

ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज निर्वाचन आयोगमा गएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ता गर्ने भएका हुन ।

जसपाको कार्यकारिणी समितीमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले पुरानै पार्टीलाई ब्युउताउने भएका छन् । जसपाको ५० सदस्यिय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् । तर, संसदीय दलमा भने बहुमत सदस्य ठाकुरको पक्षमा उभिएका थिए । ३२ जना सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद उभिएका थिए ।

राजपाको चुनाव चिन्ह भने हातको पञ्जा हुने भएको छ । राजपा बुधवार नै दर्ता गर्ने तयारी भएपनि सार्वजनिक बिदा भएको कारण रोकिएको थियो । जसपाको केन्द्रीय कार्यकारिणीमा बहुमत जुटाउनको लागी अशोक राई र इस्तियाक राई लगायतका नेताहरुसँग ठाकुरले निरन्तर छलफल गरेपनि प्रयास असफल भएपछि नयाँ पार्टी दर्ता गर्ने निष्कर्शमा ठाकुर पक्ष पुगेको हो ।

यससँगै प्रतिनिधिसभाको दोस्रो पटक विघठन भएपछि सरकारमा जाने तयारी गरेको ठाकुर पक्ष केही दिन अदालतको फैसला कुरेर मात्र सरकारमा जाने भएको छ ।

प्रतिनिधिसभा विघठनविरुद्ध प्रतिनिधिसभा पुर्नस्थापनादेखि केपी ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने मागसहितका परेका ३० मध्ये १९ वटा रिटमा आजदेखी सुनवाइ शुरू हुदैँछ भने संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ वटा रिटको सुनुवाइ भोलीवाट शुरू हुनेछ ।

जसपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई सर्वोच्चको फैसलापछि मात्र सरकारमा सहभागी हुने जानकारी दिएका छन् । जसपा उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय लिएर राजेन्द्र महताको नेतृत्वमा सरकारमा जाने तयारीमा छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : १० बजे

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको