कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन | Khabarhub Khabarhub

कोरोना सङ्क्रमित वडाध्यक्षको उपचारका क्रममा निधन


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– कोरोना भाइरस सङ्क्रमण भई उपचाररत हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको उपचारका क्रममा आज बिहान निधन भएको छ ।

दुई सातादेखि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत वडाध्यक्ष शिगूलाई आज बिहान चिकित्सकले मृत घोषित गरेको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले पुष्टि गरे ।

शवको व्यवस्थापन झापामै गर्ने तयारी भइरहेको उनले जानकारी दिए । “परिवारजन र झापा प्रशासनसँग समन्वय गरिरहेका छौँ”, अध्यक्ष लिङ्देनले भने, “झापामै शव व्यवस्थापन हुन्छ ।”

कोरोना भाइरसको सङ्क्रमण भएपछि वडाध्यक्ष शिगूलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । शरीरमा अक्सिजनको मात्रा बढ्न नसकेपछि लामो समय उनलाई बिएण्डसी अस्पतालको सघन उपचारकक्षमा राखी उपचार भइरहेकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ५० बजे

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति,

पदमार्गको अभावले ओझेलमा ‘जल्पाताल’

ढोरपाटन– चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएको निश्चल पानी

चार दशकपछि डिस्को डान्सरको सिक्वेल: रणवीर वा अल्लु अर्जुन मिथुनको भूमिकामा

मुम्बई – सन् १९८२ मा रिलिज भएको ‘डिस्को डान्स’ हिन्दी

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति,