कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऔँ « Khabarhub

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऔँ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ ।

महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् ।

महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गरेको तथा यस्तो समयमा घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्ने भएकाले एकले अर्काको हौसला बढाउने काम गर्नुपर्ने मनोपरामर्शदाता सीता भण्डारी बताउँछिन ।

विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने, प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नाले पनि महामारीका कारण पैदा हुने त्रास कम हुने उनको भनाइ छ ।

यस्तो समयमा आफूले आफैँलाई आत्म सुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरू लेख्ने, मनन वा उजागर गर्ने गरियो भने पनि आत्मबल बढाउन मद्दत पुग्ने मनोपरामर्शदाता भण्डारी बताउँछिन ।

कोरोना कहरको यस्तो बेला अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकालाई पनि तनाव थपिएको हुन्छ । विद्यालयमा, खेलमैदानमा आफ्ना साथीभाइसँग रमाउँदै खेल्ने बालबालिका घरभित्रै बन्द भएर बस्दा उनीहरूमा एक किसिमको चिन्ता थपिने बालरोग विशेषज्ञ डा प्रदीप मिश्र बताउँछन् ।

बालबालिकालाई कोरोना भाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ । ‘यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन्’ भनेर सकारात्मक सोच आउने खाले सन्देश अरू उमेर समूहकालाई भन्दा विशेष बालबालिकालाई पनि दिनुपर्ने डा मिश्र बताउँछन् ।

बालबालिका घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने तथा उनीहरूको व्यवहारमा सामान्य अवस्थामा भन्दा परिवर्तन आएको छ कि छैन भन्ने अभिभावकले विचार गरिरहनुपर्ने हुन्छ ।

“महामारीमा तनाव सबैलाई हुन्छ, यस्तो बेला एक जनाले अर्कालाई हौसला बढाउँदै सकारात्मक सोचको विकास गर्नुपर्ने हुन्छ”, डा मिश्र भन्छन्, “सामान्यतया उमेर पुगेकाहरू बिरामी परे भने उनीहरूले समस्या बताउन सक्छन् र सोही अनुसार चिकित्सक कहाँ लगेर उपचार गर्न सकिन्छ र उनीहरूलाई हौसला बढाउन पनि सकिन्छ तर बालबालिकाको हकमा भने त्यसो हुँदैन ।”

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उनी बताउँछन् । बालबालिकामा आफूलाई पनि महामारीको रोगले च्यापेको र आफू पनि मर्नेलगायतका चिन्ता थपिए निकै भयानक हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १ : २० बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई