कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऔँ « Khabarhub

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऔँ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ ।

महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा मानिसमा डर, चिन्ता, भय र तनाव बढेर गएको छ । एकैठाँउमा समय व्यतीत गर्नु, सामाजिक सञ्जालमा आएका महामारी र मृत्युका खबर हेर्नु तथा गाउँठाउँमै सङ्क्रमणका कारण मृत्युका घटना घट्नुले पनि मानिसहरूमा डर पैदा गराउने भएकोले यस अवस्थामा एकले अर्काको हौसला बढाउनुपर्ने जानकारहरू बताउँछन् ।

महामारीको समयमा हौसला र प्रेरणा अति आवश्यक हुने गरेको तथा यस्तो समयमा घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जुझ्न ऊर्जाको काम गर्ने भएकाले एकले अर्काको हौसला बढाउने काम गर्नुपर्ने मनोपरामर्शदाता सीता भण्डारी बताउँछिन ।

विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने, प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नाले पनि महामारीका कारण पैदा हुने त्रास कम हुने उनको भनाइ छ ।

यस्तो समयमा आफूले आफैँलाई आत्म सुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तै ‘म ठिक छु, स्वस्थ छु, ठिक हुँदै गएको छु’ जस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म–सुझाव दिन सकिन्छ । आफ्ना विभिन्न सबल पक्षहरू लेख्ने, मनन वा उजागर गर्ने गरियो भने पनि आत्मबल बढाउन मद्दत पुग्ने मनोपरामर्शदाता भण्डारी बताउँछिन ।

कोरोना कहरको यस्तो बेला अन्य उमेर समूहका मानिसलाई जस्तै बालबालिकालाई पनि तनाव थपिएको हुन्छ । विद्यालयमा, खेलमैदानमा आफ्ना साथीभाइसँग रमाउँदै खेल्ने बालबालिका घरभित्रै बन्द भएर बस्दा उनीहरूमा एक किसिमको चिन्ता थपिने बालरोग विशेषज्ञ डा प्रदीप मिश्र बताउँछन् ।

बालबालिकालाई कोरोना भाइरसका नकारात्मक पाटाहरू मात्रै पनि बताउन नहुने उनको भनाइ छ । ‘यति मृत्यु भयो, यति बिरामी भयो भन्दा यति निको पनि भएका छन्’ भनेर सकारात्मक सोच आउने खाले सन्देश अरू उमेर समूहकालाई भन्दा विशेष बालबालिकालाई पनि दिनुपर्ने डा मिश्र बताउँछन् ।

बालबालिका घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने तथा उनीहरूको व्यवहारमा सामान्य अवस्थामा भन्दा परिवर्तन आएको छ कि छैन भन्ने अभिभावकले विचार गरिरहनुपर्ने हुन्छ ।

“महामारीमा तनाव सबैलाई हुन्छ, यस्तो बेला एक जनाले अर्कालाई हौसला बढाउँदै सकारात्मक सोचको विकास गर्नुपर्ने हुन्छ”, डा मिश्र भन्छन्, “सामान्यतया उमेर पुगेकाहरू बिरामी परे भने उनीहरूले समस्या बताउन सक्छन् र सोही अनुसार चिकित्सक कहाँ लगेर उपचार गर्न सकिन्छ र उनीहरूलाई हौसला बढाउन पनि सकिन्छ तर बालबालिकाको हकमा भने त्यसो हुँदैन ।”

बच्चाले राम्रोसँग खाइरहेको छैन, सास फेर्न छिटोछिटो गरेको छ, खेल्न मन गरेको छैन, पखाला छ, खोकी लागेको छ वा सबैभन्दा महत्वपूर्ण ज्वरो छ भने चिकित्सकको सल्लाह लिनुपर्ने र बेलैमा परीक्षण गर्नुपर्ने उनी बताउँछन् । बालबालिकामा आफूलाई पनि महामारीको रोगले च्यापेको र आफू पनि मर्नेलगायतका चिन्ता थपिए निकै भयानक हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १ : २० बजे

कालिगण्डकीमा खसेर बालक बेपत्ता

म्याग्दी – म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

सात हजार ४६२ बालबालिका सरकारको संरक्षणमा

काठमाडाैं – चालु आर्थिक वर्षमा बालबालिका विरुद्धको हिंसा तथा जोखिममा

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले