यसकारण सलमानले छोडेका थिए ‘बाजीगर’ « Khabarhub

यसकारण सलमानले छोडेका थिए ‘बाजीगर’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता शाहरुख खानको करियरमा केही फिल्महरुको ठूलो भूमिका रह्यो । जसले उनलाई टेलिभिजनबाट बलिउडमा स्थापित हुन सहयोग गर्यो ।

सन् १९९३ मा रिलिज फिल्म ‘बाजीगर’ उनको करियरलाई उचाईमा पुर्याउने फिल्ममध्ये एक हो । शाहरुखले बोलेको ‘हार के भी जीतने वाले को बाजीगर कहते’ संवाद अहिले पनि मानिसहरुले उत्तिकै सम्झन्छन् ।

अब्बास–मस्तानको निर्देशनमा बनेको यो फिल्ममा शाहरुख नकारात्मक भूमिकामा थिए । तर सायदै कमैलाई मात्र थाहा होला निर्माताको पहिलो रोजाईमा फिल्मका लागि शाहरुख थिएनन् ।

दैनिक जागरणका अनुसार निर्माताहरु फिल्ममा शाहरुखलाई भन्दा पनि सलमान खानलाई अभिनय गराउन चाहन्थे । यतिमात्र होइन, उनीहरु सलमानको सानो भाईलाई पनि फिल्ममा लिन चाहन्थे । तर माहौल यस्तो बनिदियो कि फिल्मको कलाकार परिवर्तन गरेर शाहरुख नै फाइनल भए ।

निर्माताले फिल्मका लागि सलमानसँग सम्पर्क गरेका थिए । तर सलमानले फिल्ममा काम गर्न अस्वीकार गरे । उनले आफ्नो भाई अरबाजलाई फिल्ममा लञ्च गर्न चाहेको बताएका थिए ।

यो समयमा अरबाज र सोहेल अभिनयमा सक्रिय थिएनन् । उनीहरु पर्दा पछाडि रहेर काम गरिरहेका थिए ।

सलमानका पिता सलीम छोरा अरबाजलाई कुनै नकारात्मक भूमिकामा अभिनय गराउन चाहदैन थिए । सलमान पनि पिताको भनाई प्रति सहमत थिए । त्यहीकारण अरबाजले ‘बाजीगर’ छोडिदिए ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ३ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी