बन्द भएनन् मेलापात, भीडभाड अझै उस्तै | Khabarhub Khabarhub

बन्द भएनन् मेलापात, भीडभाड अझै उस्तै


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।

संक्रमण तीव्र रुपमा फैलिएको भन्दै दुई गाउँमा सिलसमेत गरिएको छ । यस्तो अवस्थामा पनि  प्रदेश राजधानी जनकपुरधाममा भीडभाड र मेलापात बन्द भएको छैन ।

निषेधाज्ञालाई अटेरी गर्दै मानिसहरु भीडमा मेलापात गर्ने क्रम अझै रोकिएको छैन ।

बिहीबार निषेधज्ञाको २२ दिन पुगे पनि आमसर्वसधारणले धार्मिक, पारिवारिक र सामाजिक काम गर्न भन्दै बजारमा घुमफिर गरिरहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाकले शुक्रबार आयोजना गरेको सीआईसीको समीक्षा बैठकमा पनि विज्ञ समूहले बजारमा मेलापात बन्द नभएको नगर प्रमुख लालकिसोर साहसँग गुनासो गरेका थिए ।

‘बजारमा मेलापात बन्द भएको छैन । यसलाई तत्काल कम्तीमा तीन साता बन्द भएन भने स्थिति भयावाह हुनसक्छ,’ स्वास्थ्य निरीक्षक अभयकुमार सिंहले प्रशासन र नगर प्रमुखको ध्यानाकर्षण गराउँदै भने, ‘बजारमा कतै स्वास्थ्य मापदण्ड पालना भएको छैन । पसल पनि दिनभर खुल्ने गरेको देखिन्छ ।’

जनकपुरधाममा मात्रै १५ सय बढी संक्रमितको संख्या पुगिसकेका बेलामा समेत आमसर्वसधारणले मास्कको प्रयोग नगरेको उनले बताए ।

‘चोक बजारको चिया पसलदेखि हाट र दैनिक बजारमा भीड बढी छ। स्वास्थ्य सतर्कता पनि खासै अपनाइएको हुँदैन,’ उनले भने, ‘पेठिया बजार र रेलवे स्टेशन बजारमा सेवाग्राहीको थामिनसक्नु भीड हुने गरेको छ ।’

हटिया बिहान र बेलुका मात्र सञ्चालन गर्ने भनिए पनि दिनभरि सर्वसाधारणको चहलपहल हुने गरेको उनको भनाइ छ । जनकपुरका चोक–चोकमा उभिएर मास्क लगाउन आग्रह गर्दा पनि सर्वसधारणले अटेरी गर्ने गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएयता स्वास्थ्य प्रोटोकल पालना गर्न सचेत गराए पनि अटेरी भइरहेको उनले बताए ।

‘भीडभाड हुन नदिन र मास्क प्रयोगका लागि प्रहरी परिचालन गरिए पनि हाट बजार व्यवस्थापन हुन सकेको छैन,’ उनले भने, ‘प्रहरीले हर सम्भव प्रयास गरेको छ । केही दिन पूर्णरुपमा लागू भएपनि विस्तारै त्यो क्रम घटेको छ ।’

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ३ : ४० बजे

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको

यी चार पात्र, जसले गुमाए आफ्नै विवादका कारण मुखमा आइसकेको मन्त्री पद

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री नियुक्तिका लागि सिफारिस

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी

हत्यामा संलग्न अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी– म्याग्दीमा २० वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई

प्रचण्डले भने- निर्वाचनको माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गरेर अघि बढ्नुपर्छ

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल