स्क्रिप्ट मननपराउदा शाहरुखबाट निकालिए कार्तिक « Khabarhub

स्क्रिप्ट मननपराउदा शाहरुखबाट निकालिए कार्तिक


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता कार्तिक आर्यन निर्माता करण जोहारपछि अभिनेता शाहरुख खानको फिल्मबाट निकालिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’बाट कार्तिकलाई निकालिएको हो ।

दैनिक भास्करका अनुसार यो फिल्ममा कार्तिक र कटरीना कैफलाई प्रमुख भूमिकामा अभिनय गराउने योजना रेड चिलीजको थियो । तर फिल्मको स्क्रिप्टमा कार्तिकले असन्तुष्टि जनाएपछि उनी निकालिए ।

‘कार्तिकलाई निर्माता शाहरुख खानको फिल्मबाट हटाइनुको प्रमुख कारण पनि धर्मा प्रोडक्सनको ‘दोस्ताना २’बाट निकालिएकै जस्तो हो । यसपटक फिल्ममा अनुबन्धका लागि स्वीकृति दिएपछि उनी फिल्मको स्क्रिप्ट परिवर्तन होस् भन्ने चाहन्थे । यसको अर्थ उनलाई स्क्रिप्ट मनपरेको थिएन । तर निर्माण पक्षले उनको प्रस्तावलाई अस्वीकार गर्यो’, फिल्म सम्बद्ध स्रोतले भनेको छ ।

फिल्म सुटिङका लागि फ्लोरमा नगएकाले रेड चिलीज धेरै आर्थिक नोक्सानबाट जोगिएको छ । फिल्म ‘दोस्ताना २’का लागि कार्तिकले पहिले नै करिब २० दिनको सुटिङ गरेका थिए । जसकारण धर्मा प्रोडक्सनलाई निकै घाटा भएको थियो ।

कार्तिकले ‘फ्रेडी’का लागि लिएको साइनिङ एमाउण्ट पनि रेड चिलीजलाई फिर्ता गरिदिएका छन् । कार्तिक रेड चिलीजबाट बाहिरिएको खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपय प्रयोगकर्ताले कार्तिकले आफ्नो करियरलाई जोखिममा पार्दै गइरहेको भनी प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ५ : ०० बजे

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६