स्क्रिप्ट मननपराउदा शाहरुखबाट निकालिए कार्तिक « Khabarhub

स्क्रिप्ट मननपराउदा शाहरुखबाट निकालिए कार्तिक


१३ जेष्ठ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता कार्तिक आर्यन निर्माता करण जोहारपछि अभिनेता शाहरुख खानको फिल्मबाट निकालिएका छन् । शाहरुखको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको व्यानरमा बन्न लागेको फिल्म ‘फ्रेडी’बाट कार्तिकलाई निकालिएको हो ।

दैनिक भास्करका अनुसार यो फिल्ममा कार्तिक र कटरीना कैफलाई प्रमुख भूमिकामा अभिनय गराउने योजना रेड चिलीजको थियो । तर फिल्मको स्क्रिप्टमा कार्तिकले असन्तुष्टि जनाएपछि उनी निकालिए ।

‘कार्तिकलाई निर्माता शाहरुख खानको फिल्मबाट हटाइनुको प्रमुख कारण पनि धर्मा प्रोडक्सनको ‘दोस्ताना २’बाट निकालिएकै जस्तो हो । यसपटक फिल्ममा अनुबन्धका लागि स्वीकृति दिएपछि उनी फिल्मको स्क्रिप्ट परिवर्तन होस् भन्ने चाहन्थे । यसको अर्थ उनलाई स्क्रिप्ट मनपरेको थिएन । तर निर्माण पक्षले उनको प्रस्तावलाई अस्वीकार गर्यो’, फिल्म सम्बद्ध स्रोतले भनेको छ ।

फिल्म सुटिङका लागि फ्लोरमा नगएकाले रेड चिलीज धेरै आर्थिक नोक्सानबाट जोगिएको छ । फिल्म ‘दोस्ताना २’का लागि कार्तिकले पहिले नै करिब २० दिनको सुटिङ गरेका थिए । जसकारण धर्मा प्रोडक्सनलाई निकै घाटा भएको थियो ।

कार्तिकले ‘फ्रेडी’का लागि लिएको साइनिङ एमाउण्ट पनि रेड चिलीजलाई फिर्ता गरिदिएका छन् । कार्तिक रेड चिलीजबाट बाहिरिएको खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपय प्रयोगकर्ताले कार्तिकले आफ्नो करियरलाई जोखिममा पार्दै गइरहेको भनी प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ५ : ०० बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल