बर्दियामा बाघसँग लडेर ज्यान जोगाए ७४ वर्षीय लालबहादुरले « Khabarhub

बर्दियामा बाघसँग लडेर ज्यान जोगाए ७४ वर्षीय लालबहादुरले


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा पाटे बाघले आक्रमण गरेपछि बाघसँग लडेर ७४ वर्षीय लालबहादुर थारुले ज्यान बजाएका छन् ।

प्रहरीका अनुसार बुधबार साँझ बाख्रा चराइरहेको अवस्थामा बाघले आक्रमण गरेपछि लालबहादुरले बाघ सँग कुस्ती खेलेर ज्यान बचाएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ पाँच बजेतिर मधुवन नगरपालिका १ को औरही सामुदायिक बनमा बाख्रा चराइरहेका सोही नगरपालिकाको इन्द्रपुरका ७४ वर्षीय लालबहादुर थारूलाई बाघले आक्रमण गरेको थियो ।

बाघले थारूको अनुहार चिथोर्नुका साथै दाहिने खुट्टाको साप्रामा घाउ बनाइदिएको छ । प्रहरीका अनुसार थारूले पनि आफूसँग भएको खुर्पाले बाघलाई आक्रमण गरेका थिए ।

खुर्पाले चोट लागेपछि बाघ जंगलतिर भागेको थियो । घाइते थारूको बर्दिया जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : ४५ बजे

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको