राष्ट्रपति र प्रधानमन्त्रीबाट जघन्य अपराध भयो : भीमार्जुन आचार्य « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्रीबाट जघन्य अपराध भयो : भीमार्जुन आचार्य


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद् डा.भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट जघन्य अपराध भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा विघटनका सन्दर्भमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफलमा आचार्यले राष्ट्रपति र प्रधानमन्त्रीले जघन्य अपराध गरेको बताएका हुन् ।

“मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो,” उनले भने, “प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धाराअनुसार प्रधानमन्त्री हुने ? शपथको दृष्य भद्दा गरियो । विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै धारा ७६(५) मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभइ फेरि प्रधानमन्त्रीमा दाबी गर्नु गम्भीर नियतमाथि खोट थियो ।”

पद रिक्त नै नहुँदै नयाँ प्रधानमन्त्री दाबी गर्ने अचम्मको खेल भएकोमा प्रश्न गर्दै डा.आचार्यले प्रतिपक्ष र संसद् पनि निकम्म भएको टिप्पणी गरे ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : १५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण