६३ जिल्ला 'रेडजोन'मा, ४९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित (विवरणसहित) | Khabarhub Khabarhub

६३ जिल्ला ‘रेडजोन’मा, ४९ जिल्लामा ५०० बढी सक्रिय संक्रमित (विवरणसहित)


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका ६३ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६३ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ४९ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १३ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, धनकुटामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्  । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, सर्लाही र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, म्याग्दी, पर्वत, लमजुङ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै  लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाम, ताप्लेजुङ, उदयपुर,  ओखलढुंगा, संखुवासभा, खोटाङ २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै बागमती प्रदेशको रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशको बागलुङ  पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको अर्घाखाँची र रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशको दार्चुलामा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : १५ बजे

आमरण अनसन बसेका मेयर अस्पताल भर्ना (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज

भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत अतिरिक्त कर

मन्त्रिपरिषद् हेरफेरको तयारी, कांग्रेस नेतृत्वसँग छलफल सकेर निर्णय लिइने

काठमाडौं- सात दलीय गठबन्धन सरकार बनेको एक वर्षपछि प्रधानमन्त्री केपी

भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका

सुर्खेत– कालीकोटको महावै गाउँपालिकाले शहर पसेका भत्ता खाने नागरिक खोजी गरेको

बत्ती बाल्ने प्लकमा तार जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार