योजना आयोगका पूर्व उपाध्यक्षहरूको अपिल : अध्यादेशबाट बजेट नल्याऊ « Khabarhub

योजना आयोगका पूर्व उपाध्यक्षहरूको अपिल : अध्यादेशबाट बजेट नल्याऊ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय योजना आयोगका नौ जना पूर्व उपाध्यक्षहरुले अध्यादेशबाट बजेट जारी नगर्न सरकारलाई अपिल गरेका छन् ।

बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी उनीहरुले संसद् नै नहुँदा जेठ १५ मा नै बजेट ल्याउनुपर्ने बाध्यात्मक अवस्था नभएकोले अध्यादेशबाट बजेट जारी नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशित ढंगले प्रतिनिधिसभा विघटन गरी अध्यादेश बाटै मुलुकको शासन सञ्चालन गर्ने डिजाइन अन्तर्गत नै अध्यादेशबाट बजेट ल्याउन खोजिँदै छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । हामीलाई विश्वास छ, सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई संविधानसम्मत तरिकाबाट शीघ्र नै निरुपण गर्नेछ ।’

विज्ञप्ति जारी गर्ने योजना आयोगका पूर्व उपाध्यक्षहरुमा डा.पृथ्वीराज लिगल, डा.जगदीशचन्द्र पोखरेल, डा. शंकर शर्मा, डा.पिताम्वर शर्मा, डा. दीनेशचन्द्र देवकोटा, दीपेन्द्र बहादुर क्षत्री, डा. गोविन्दराज पोखरेल, डा. मीनबहादुर श्रेष्ठ र डा.स्वर्णीम वाग्ले छन् ।

सरकारले आम सरोकारवालाको आग्रहलाई बेवास्ता गर्दै जबरजस्ती पूर्ण बजेट ल्याउने, त्यसमा निर्वाचनलाई प्रभावित पर्नेगरी वितरणमुखी कार्यक्रम समावेश गर्ने, अत्यधिक सार्वजनिक ऋण लिने, राजस्वका दर परिवर्तन गर्ने जस्ता काम गर्नु राजनीतिक नैतिकताको गम्भीर उल्लंघन हुने उनीहरुको ठहर छ ।

हेर्नुहोस् अपिल

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : ४४ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’