रक्षक नै भक्षक : सनकको भरमा डीएसपीद्वारा युवामाथि निर्घात कुटपीट « Khabarhub

रक्षक नै भक्षक : सनकको भरमा डीएसपीद्वारा युवामाथि निर्घात कुटपीट


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीरगन्जस्थित एक सर्जिकल पसलका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले निर्घात कुटपीट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सार्वजनिक भिडियोले प्रहरीको ‘मुस्कान सहितको सेवा’ नारालाई नै खिल्ली उडाएको छ । सामाजिक सञ्जालमा ‘रक्षक नै भक्षक’ बनेको भन्दै घटनामा संलग्न प्रहरीमाथि कडा कारबाहीको माग उठाइएको छ ।

स्थानीयले जनाएअनुसार भिडियो खिचेको निँहुमा डीएसपी कार्कीले युवामाथि निर्घात कुटपिट गरेका हुन् । उनले गल्ती भयो भनेर हात जोड्दा पनि ती प्रहरीले बुट र लाठी बर्साउन छाडेका थिएनन् । अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको जनाइएको छ ।

कुटाइ खाने युवा वीरगञ्ज उपमहानर-८ का सर्जिकल पसलका कर्मचारी अप्रोच अहमद हुन् । निषेधाज्ञाको समयमा खोलिएका किराना पसल बन्द गराउँदै हिडेको प्रहरीको भिडियो खिचेपछि ती युवामाथि प्रहरीले कुटपिट गरेको जनाइएको छ ।

भिडियोमा देखिए अनुसार शुरुमा प्रहरीले युवामाथि लाडी बर्साउन थाले । त्यसपछि डीएसपीले लाडीले मात्रै हैन बुट नै बजारे । प्रहरीको कुटपीटबाट युवाको शरीरमा निलडाम भएको बताइएको छ ।

अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो ।

घटनाका विषयमा छानविन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : ५३ बजे

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै