रक्षक नै भक्षक : सनकको भरमा डीएसपीद्वारा युवामाथि निर्घात कुटपीट « Khabarhub

रक्षक नै भक्षक : सनकको भरमा डीएसपीद्वारा युवामाथि निर्घात कुटपीट


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीरगन्जस्थित एक सर्जिकल पसलका कर्मचारीमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रह्लाद कार्कीले निर्घात कुटपीट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सार्वजनिक भिडियोले प्रहरीको ‘मुस्कान सहितको सेवा’ नारालाई नै खिल्ली उडाएको छ । सामाजिक सञ्जालमा ‘रक्षक नै भक्षक’ बनेको भन्दै घटनामा संलग्न प्रहरीमाथि कडा कारबाहीको माग उठाइएको छ ।

स्थानीयले जनाएअनुसार भिडियो खिचेको निँहुमा डीएसपी कार्कीले युवामाथि निर्घात कुटपिट गरेका हुन् । उनले गल्ती भयो भनेर हात जोड्दा पनि ती प्रहरीले बुट र लाठी बर्साउन छाडेका थिएनन् । अहमदको मोबाइलसमेत डीएसपीले खोसेर लगेको जनाइएको छ ।

कुटाइ खाने युवा वीरगञ्ज उपमहानर-८ का सर्जिकल पसलका कर्मचारी अप्रोच अहमद हुन् । निषेधाज्ञाको समयमा खोलिएका किराना पसल बन्द गराउँदै हिडेको प्रहरीको भिडियो खिचेपछि ती युवामाथि प्रहरीले कुटपिट गरेको जनाइएको छ ।

भिडियोमा देखिए अनुसार शुरुमा प्रहरीले युवामाथि लाडी बर्साउन थाले । त्यसपछि डीएसपीले लाडीले मात्रै हैन बुट नै बजारे । प्रहरीको कुटपीटबाट युवाको शरीरमा निलडाम भएको बताइएको छ ।

अहमदमाथिको कुटपिट भएको दृश्यको रेकर्ड पसलको सीसीटीभीमा भएको थियो ।

घटनाका विषयमा छानविन गर्न प्रदेश २ प्रहरी कार्यालयले समिति गठन गरेको छ । प्रदेश प्रहरीले विज्ञप्ति जारी गर्दै प्रदेशका एसपी कृष्ण प्रसाईंको नेतृत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ७ : ५३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन