राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुके : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ « Khabarhub

राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुके : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुकेको बताएका छन् । महाअभियोग ल्याउनुपर्नेमा दलहरु रोकिँदा राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत बताएका छन् ।

‘पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपतिलाई महाअभियोग लगाएको भए दोस्रोपटक प्रतिनिधिसभा विघटन हुने थिएन,’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनका जानकारहरुसँग गरेको परामर्शमा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘राष्ट्रपतिलाई महाभियोग नलगाएर दलहरुले गल्ती गरे ।’

उनले अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको प्रसंग औल्याउँदै राष्ट्रपति भण्डारीले गल्ती गरिसक्दा महाभियोग नलगाएकाले दोस्रोपटक पनि गल्ती गरेको तर्क गरे । उनले राष्ट्रपति भण्डारीलाई कलंकित भने ।

गल्ती गर्ने राष्ट्रपतिलाई त्यतिकै छुट दिंदा गल्ती दोहोरिएको उनको भनाइ थियो । भविष्यमा गल्ती हुन नदिन पनि महाअभियोग लगाउनु पर्नेमा छुट दिएर दलहरुले गल्ती गरेको टिप्पणी उनले गरे ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : १० बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र