राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुके : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुके : पूर्व महान्यायाधिवक्ता श्रेष्ठ


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन दलहरू चुकेको बताएका छन् । महाअभियोग ल्याउनुपर्नेमा दलहरु रोकिँदा राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेको उनको तर्क छ । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत बताएका छन् ।

‘पहिलोपटक प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रपतिलाई महाअभियोग लगाएको भए दोस्रोपटक प्रतिनिधिसभा विघटन हुने थिएन,’ सभामुख अग्निप्रसाद सापकोटाले कानुनका जानकारहरुसँग गरेको परामर्शमा वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘राष्ट्रपतिलाई महाभियोग नलगाएर दलहरुले गल्ती गरे ।’

उनले अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाएको प्रसंग औल्याउँदै राष्ट्रपति भण्डारीले गल्ती गरिसक्दा महाभियोग नलगाएकाले दोस्रोपटक पनि गल्ती गरेको तर्क गरे । उनले राष्ट्रपति भण्डारीलाई कलंकित भने ।

गल्ती गर्ने राष्ट्रपतिलाई त्यतिकै छुट दिंदा गल्ती दोहोरिएको उनको भनाइ थियो । भविष्यमा गल्ती हुन नदिन पनि महाअभियोग लगाउनु पर्नेमा छुट दिएर दलहरुले गल्ती गरेको टिप्पणी उनले गरे ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ९ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका