काठमाडौँ उपत्यकाको निषेधाज्ञा थपिने, जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा थपिने, जोरविजोरमा सार्वजनिक यातायात सञ्चालनको तयारी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ प्रजिअ पराजुलीले खबरहबसँग भने । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।

जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ ।

सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने प्रजिअ पराजुलीले बताए ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते  निषेधाज्ञा शुरू हुँदा  काठमाडौँ उपत्यकामा नै दैनिक ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा यो संख्या अहिले ५ सय हाराहारीमा छ ।

संक्रमण घट्दै जाँदा सरकारले उडान पनि खुलाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : २४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक