कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको « Khabarhub

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ ।

कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

“पछिल्लो दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा खड्काले भने, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”

आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ ।

पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ११ : १० बजे

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली