बदनामी मानिसको सबैभन्दा ठूलो भय– चाणक्य « Khabarhub

बदनामी मानिसको सबैभन्दा ठूलो भय– चाणक्य


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आचार्य चाणक्यका नीति र उनका विचार केही कठोर लागे पनि यसमा जीवनको सत्यता रहने गरेको छ । उनका विचार र नीति आजको समयमा पनि प्रासंगिक रहेको छ । चाणक्यका अनुसार सबै प्रकारको भयभन्दा ठुलो बदनामीको भय हुन्छ ।

हरेक मानिस चाहान्छ, जीवनमा धन, रुपैयाँको र मान सम्मानको कमी नहोस् । मानिस पैसा त सजिलै कमाउन सक्छ तर मान–सम्मान कमाउन निकै मुस्किल हुन्छ । यस्तोमा चाणक्यका अनुसार व्यक्तिको जीवनमा सबैभन्दा ठुलो डर उसको सम्मान नखोसियोस् र बदनामी नहोस् भन्ने हुन्छ ।

यदि कुनै मानिसमा बदनामीको डरले सताउन थाल्यो भने उसको सबै सुख खोसिने गर्दछ । उसले आफ्नो जीवन बर्वाद भएको ठान्न थाल्दछ । मृत्युले त मानिसलाई एक पटक मार्दछ । तर बदनामीको डरले उसलाई पल पल मार्दछ ।

बदनामीको डर कुनै मानिसको मष्तिकमा हावी भयो भने यस्ता व्यक्ति आफै र समाजबाट अलग्गिने गर्दछ । यस्तोमा मानिसको मानसिक स्थिति पनि खराब हुनसक्छ । त्यसैले चाणक्यका अनुसार जीवनमा कुनै निर्णय लिइन्छ वा कुनै कदम उठाइन्छ भने त्यसमाथि पटक पटक विचार गर्न आवश्यक छ । आफूबाट कुनै गल्ती त हुदैँछैन ? यसले जीवनमा कुनै खराब असर त पार्दैन ? यसले बदनामी पो हुन्छ कि यसबारे सोच्नु पर्दछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : ४० बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै