मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ « Khabarhub

मोटरसाइकल चोरी गर्ने गिरोहका चार पक्राउ


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– महानगरीय प्रहरी वृत्त जगातीको टोलीले मोटरसाइकल चोरी गर्ने गिरोहका चार व्यक्तिलाई भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गा.पा. ७ घर भई हाल भक्तपुर–८ बस्ने वर्ष २८ का सुमन भन्ने अर्जुन तमाङ, भक्तपुर–२ दत्तात्रय स्थायी घर भई लिवाली बस्ने वर्ष १९ का वैद्य भन्ने विजय ह्याङ्जु, दोलखा सैलुङ गा.पा. २ घर भई हाल सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती बस्ने वर्ष २९ का दिनेश तामाङ वाईबा र भक्तपुर–८ लिवालीका वर्ष २० का साइन भन्ने रमेश कोजु रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले चोरीको स्कुटर खरिद गर्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ घर भई हाल सुर्यविनायक–१० पलाँसे बस्ने वर्ष २३ का अविनाश तामाङ र दाङ लमही घर भई हाल पलाँसे नै बस्ने वर्ष २२ का आकाश मगरलाई पनि पक्राउ गरेको उनले बताए ।

मोटरसाइकल तथा स्कुटर चोरी गरेर बिक्री गर्ने र नम्बर परिवर्तन गरेर आफैँले चलाउने गरेको पाइएको गिरीले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ३१ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर