रोपाइँ भएका क्षेत्रको गणना भू–उपग्रहबाट गरिँदै « Khabarhub

रोपाइँ भएका क्षेत्रको गणना भू–उपग्रहबाट गरिँदै


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले यस वर्ष पनि तराईका २१ जिल्लामा भू–उपग्रहबाट धान रोपाइँको क्षेत्रफल गणना गरिरहेको छ ।

पूर्वमा झापादेखि पश्चिमको कन्चनपुरसम्मका धेरै धान खेती हुने २१ जिल्लामा गतवर्षबाट शुरू भएको पाइलट परियोजना यस वर्ष पनि निरन्तर रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा उत्पादन हुने कुल धान उत्पादनको ७४ प्रतिशत उत्पादन ओगट्ने उक्त क्षेत्रमा दोस्रोपटक यसरी गणना शुरू गरिएको मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले जानकारी दिए ।

जिल्लाबाट पहिले जसरी आउने नियमित तथ्याङ्कका अलवा प्रविधिमा आधारित विवरणहरु संकलन र प्रशोधनको काम थालिएको प्रवक्ता घिमिरेले बताए ।

मन्त्रालयको कृषि भौगोलिक सूचना शाखा, नार्क र इसीमोडको सहकार्यमा यस प्रविधिमा काम थलिएको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि पालिका र जिल्ला हुँदै आउने गरेको मुख्य सिजनको धान रोपाइँ विवरणमा गत वर्षदेखि भू–उपग्रह विवरण पनि समावेश गर्न थालिएको मन्त्रालयका तथ्याङ्क शाखा प्रमुख रामकृष्ण रेग्मीले बताए ।

कृषिमा नविनतम् ज्ञानको प्रयोग गर्ने हिसाबले भू–उपग्रहले तराईका सबै जिल्लाका मूख्य धान बालीको नयाँ प्रविधिबाट विवरण निकाल्न थालिएको रेग्मीको भनाइ छ ।

नेपालमा मुख्य धान बालीको मौसम शुरू भएपछि अमेरिकी अन्तरिक्ष संस्था नासाबाट धान खेतीका पकेट जिल्लाको क्षेत्रफलसहित रियालटाईम तस्वीर मन्त्रालयलाई प्राप्त हुन्छ ।

तस्वीर प्राप्तिका लागि जीपीएस मेसिन लिएर विभिन्न तोकिएको जिल्लाका पोइन्टहरुमा अधिकारीहरु पुग्ने र त्यहाँबाट भू–उपग्रहले क्षेत्रफल गणना गर्ने मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

उक्त तस्विरमा देखिएको भागलाई मन्त्रालय र नार्कका वैज्ञानिकको समूह इसीमोडका विज्ञसँगै बसेर प्रशोधन गर्ने मन्त्रालयले जनाएको छ ।

भू–उपग्रहको फोटो, क्षेत्रफल तथा परम्परागत रुपमा प्राप्त हुने विवरणको एकीकृत प्रशोधनबाट हरेक वर्ष धान रोपाइँको विवरण सार्वजनिक गर्ने गरिएको र यसवर्ष पनि सो प्रक्रिया शुरू भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

अमेरिका, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकले सफलतापूर्वक कार्यान्वयन गरिरहेको यो परियोजनामा नेपाल पनि अभ्यस्त हुँदै गएको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ५० बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने