माहोल तातेको बेला पनि ‘तीनघोडे रथ’ ले गति लिन सकेन : कमल थापा « Khabarhub

माहोल तातेको बेला पनि ‘तीनघोडे रथ’ ले गति लिन सकेन : कमल थापा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले तीन अध्यक्षको व्यवस्थाका कारण पार्टी गतिशिल हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आज सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा माहोल तातेको बेला सशक्त भूमिका खेल्नु पर्नेमा ‘तीनघोडे रथ’ को गतिहिनता अन्त्य हुन नसकेको जनाएका हुन् ।

यसका लागि उनले आगामी भदौमा पार्टी महाधिवेशन हुनु पर्ने आफ्नो स्पष्ट धारणा रहेको जनाएका छन् ।

हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा माहोल तातेको बेला सशक्त भूमिका निर्वाह गर्न, राप्रपालाई देशको अग्रणी शक्ति बनाउन, तीनघोडे रथको गतिहिनता अन्त्य गर्न भन्दै अध्यक्ष थापाले भदौमा पार्टीको महाधिवेशन हुनु पर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहौल तातेको बेला सशक्त भूमिका निर्वाह गर्न,राप्रपालाई देशको अग्रणी शक्ति बनाउन,आउँदो फागुनमा हुने स्थानीय चुनावको तयारी गर्न, ‘तीनघोडे रथ’ को गतिहिनता अन्त्य गर्न तथा पार्टी एकता गर्दा भएको सम्झौता पालना गर्न आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ ।’

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  २ : ४५ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको