तीनवटा सवारी एकआपसमा ठोक्किँदा सुनसरीमा तीन जनाको मृत्यु « Khabarhub

तीनवटा सवारी एकआपसमा ठोक्किँदा सुनसरीमा तीन जनाको मृत्यु


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीन वटा सवारी एकआपसमा ठोक्किँदा सुनसरीको कोशी गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान कोशी गाउँपालिका – ८ नङ्खु टोलस्थित पूर्व–पश्चिम राजमार्गमा हायसले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर वडा ७ का ४० वर्षीय अक्षय कुमार गुप्ता छन् ।

हायस चालक नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ३५ वर्षीय विवश तामाङ र हायसका सहचालक २५ वर्षीय नारायण बत्स्याल भने घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा परी दुई जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायसले विपरीत दिशाबाट आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकल र को१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  २ : ५५ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको