'एमफिल र पीएचडी' को पढाई नि:शुल्क गर्न माग गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (फोटोफिचर) | Khabarhub Khabarhub

‘एमफिल र पीएचडी’ को पढाई नि:शुल्क गर्न माग गर्दै त्रिविमा विद्यार्थीको प्रदर्शन (फोटोफिचर)


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधी (पीएचडी) को पढाई निःशुल्क गर्न माग गर्दै विद्यार्थीहरुले उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

त्रिवि विद्यार्थी संघर्ष समितिले आइतबार कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले एमफिल र पीएचडीको पढाईलाई वैज्ञानिक र नियमित बनाउनसमेत माग गरेका छन् । ग्राजुएट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको विद्यार्थीहरुले जनाएका छन् ।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले निजी शैक्षिक संस्थामा जाने अवस्था नबनाउन र विश्वविद्यालयलाई राजनीतिको अखडा नबनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ३ : २५ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र