एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू « Khabarhub

एक महिनादेखि बेपत्ता महिलाको परिवारबाटै हत्या भएको आशंका, खेतमा भेटिए प्रमाणहरू


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– महोत्तरीको लोहरपट्टी नगरपालिका – ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्या भएको प्रहरीले आशंका गरेको छ । आइतबार महोत्तरी प्रहरीले घर नजिकैको खेतमा गाडेको अवस्थामा केही सम्भावित प्रमाणहरू फेला पारेको हो ।

सुजिता गत जेठ २० गतेदेखि बेपत्ता भएकी थिइन् । झण्डै २३ दिनपछि महोत्तरी प्रहरीले उनको आफ्नै खेतमा (घरदेखि करिब डेढ किलोमिटर टाढा) उत्खनन् गर्दा हत्या भएको केही प्रमाणहरू फेला परेको हो । खेतमा उत्खनन् गर्दा कपाल, रगतले रातो भएको मोटो, मलखाद र नुन भेटिएको छ ।

शरीर गलाउनका लागि मलखाद र नुन प्रयोग गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनका अनुसार हत्या बाहिर गरिएको र उक्त स्थानमा ल्याएर गाडेको हुनसक्छ । थप उत्खनन गर्न बाँकी रहेकाले अन्य प्रमाणहरु पनि भेटिने सम्भावना छ । मधेसी आयोगले घटनाको अनुसन्धान गर्न निर्देशन दिएपछि प्रहरीले उत्खनन् गर्दा हत्या भएको प्रमाणहरु फेला परेको हो ।

सुजिताको हत्या आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरले गरेको आरोप लागेको छ । हत्या आरोपित देवर र ससुरालाई पक्राउ गर्न प्रहरी खोज्न थालिसकेको छ । उनीहरू घरबाट फरार भएका छन् ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ५ : ५२ बजे

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की– पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो

एनपीएल : लुम्बिनी र जनकपुर तथा काठमाडौँ र विराटनगर भिड्दै

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहिबार) दुई खेल

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १९ गते बिहीबार सन् २०२६