राष्ट्रिय व्यवसायिक पहलद्वारा ६ अस्पताललाई उच्च क्षमताका अक्सिजन प्लान्ट सहयोग « Khabarhub

राष्ट्रिय व्यवसायिक पहलद्वारा ६ अस्पताललाई उच्च क्षमताका अक्सिजन प्लान्ट सहयोग


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)को सहयोग र सहकार्यमा विभिन्न ६ वटा अस्पताललाई अक्सिजन प्लान्ट उपलब्ध गराइएको छ ।

टर्कीबाट मगाइएका उच्च क्षमताका अक्सिजन प्लान्ट विभिन्न ६ वटा अस्पताललाई उपलब्ध गराइएको हो । करिव ७ करोड ६८ लाख मुल्य बराबरको अक्सिजन प्लान्ट विभिन्न अस्पताललाई सहयोग गरेको एनबीआईले जनाएको हो ।

एनबीआईले आइतबार विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्टका लागि सहकार्य गर्ने केही संस्थाको शत प्रतिशत आर्थिक योगदान रहेको र केहीका लागि भने राष्ट्रिय व्यवसायिक पहलले २५ प्रतिशतसम्म आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।

मकवानपुर उद्योग संगठनको शत प्रतशत आर्थिक सहयोगमा हेटौंडा अस्पताल, आईएमई फाउण्डेसनको शत प्रतिशत आर्थिक सहयोगमा शुक्रराज संक्रामक तथा सरुवा रोग अस्पताल, कीर्तिपुर नगरपालिकाको ७५ प्रतिशत र राष्ट्रिय व्यवसायिक पहलको २५ प्रतिशत आर्थिक सहयोगमा कीर्तिपुर अस्पताल लगायत जनमैत्री अस्पताललाई एक-एक थान अक्सिजन प्लान्ट उपलब्ध गराइएको एनबीआईले जानकारी दिएको हो ।

उक्त अक्सिजन प्लान्टहरु अस्पतालमा जडान गर्न तथा सञ्चालन र मर्मतका साथै तालिम दिनका लागि टर्कीबाटै प्राविधिक प्रशिक्षक पनि नेपाल ल्याइएको एनबीआईले जनाएको छ ।

नेपाल ल्याइएका यी अक्सिजन प्लान्टहरुले ६३ क्युविक मिटर प्रतिघण्टाको दरले अक्सिजन उत्पादन गर्नुका साथै अस्पताल हाताभित्र जडान गरिएमा सोझै आईसीयू बेडसम्म अक्सिजन प्रवाह गर्ने क्षमता राख्ने एनबीआईले जनाइएको छ । यी अक्सिजन प्लान्टहरु अस्पतालमा जडान र सञ्चालन गर्नेगरी प्रति युनिट १ करोड २८ लाख ९ हजार ७४ रुपैयाँ लागत लागेको एनबीआईले जनाएको छ ।

अक्सिजन प्लान्टहरु शुक्रबार नेपाल ल्याइएका हुन् । राष्ट्रिय व्यवसायिक पहलले आफ्ना सदस्यहरुको सामाजिक उत्तरदायित्वको रकम संकलन गरी उक्त सामग्री खरिद गरेको जनाएको छ ।

एनबीआईले राष्ट्रिय विपद्को बेला निजी क्षेत्र, नागरिक समाज तथा सरोकारवालासँग हातेमालो गरी विपद् समाधानमा समेत सक्रियता जनाउँदै आएको छ । असल व्यावसायिक अभ्यास, सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रबर्द्धन र समावेशी आर्थिक विकासको क्षेत्रमा समेत एनबीआई क्रियाशील रहँदै आएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : १८ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा