मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ भोलि | Khabarhub Khabarhub

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको शुभारम्भ भोलि


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको छ ।

वाग्मती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ ।

जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिए । उनका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन प्रदेश सरकारले प्रतिष्ठानको स्थापना गरेको हो । विसं. २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको छ । एक स्वायत्त संस्थाको रुपमा रहेको प्रतिष्ठान प्रदेश सरकारको गौरवको आयोजना हो ।

उनका अनुसार प्रतिष्ठान स्थापना भएको करिब दुई सय ९८ दिनमै प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन, नियमावलीहरु, पूर्वाधारहरु तयार गर्न आवश्यक जमीनको बन्दोवस्त, अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन, तोकिएको सबै मापदण्ड पूरा गरी यसै शैक्षिक सत्रवाट तीनवटा स्नातक तहका विषयका बिपिएच, बि.फार्मेसी र वि.एम.एल.टीको कक्षा सञ्चालनको लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति तथा सीट संख्या समेत निर्धारण भई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने जस्ता अवसरहरु यो प्रतिष्ठानलाई प्राप्त भएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ४९ बजे

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि कोलकाता

महानगरले यसरी काटेको थियो जुद्ध शालिकको सडक (तस्बिरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तार गर्ने भन्दै न्युरोडस्थित जुद्ध शालिकदेखि

नासाद्वारा जलवायु परिवर्तनसम्बन्धी भू–उपग्रह प्रक्षेपण

वासिङ्टन – पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने

आजको अर्थसंक्षेप : सरकारको बेरुजु १४ प्रतिशतले बढ्योदेखि नेप्सेकाे ओरालो यात्रासम्म

काठमाडाैं । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनअनुसार

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

बाँके – गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा