क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस « Khabarhub

क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने गरी क्रियाशील सदस्यता वितरणको कामलाई टुंगो लगाउने भएको छ ।

आइतबार बसेको पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीहरु सम्मिलित बैठकले समान धारणा बनाएर कांग्रेसले जारी गरेको स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिशन कार्यतालिकाकै समयमा सम्पन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाइएको नेता रमेश लेखकले जानकारी दिए ।

उनले पार्टीको आन्तरिक समायोजनमा केही जटिलता भएका कारण अवरुद्ध क्रियाशील सदस्यता इन्ट्रीको काम पनि अघि बढेको बताए । पार्टीको आन्तरिक समायोजनका कारण अवरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोक लगायतका जिल्लामा आजदेखि काम अघि बढेको उनले जनाए ।

उनले भने, ‘अब देशको कुनै पनि जिल्ला कुनै पनि निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी काम रोकिएको छैन ।’

नेता लेखकले देशभरीबाट करिव ८ लाख २० हजार सदस्यताको इन्ट्री भएको जानकारी दिए । केही जिल्ला र क्षेत्रमा अहिले इन्ट्रीको काम जारी रहेको जानकारी दिए । अहिले इन्ट्री भइरहेका ५-६ ठाउँबाहेक अरु ठाउँको सदस्यता सार्वजनिक भइरकेको समेत बताए । यससम्बन्धमा उजरी गुनासोका लागि तोकिएको समय पनि समाप्त भइसकेको हुँदा देशभरबाट प्राप्त उजुरी र गुनासोका विषयमा छलफल भइरहेको र समान धारणा बन्नाउने प्रयास जारी रहेको उनले बताए ।

पार्टीको वडा देखि केन्द्र सम्मका सबै अधिवेशन सम्पन्न गर्नका लागि पूर्व सर्तको रुपमा रहेका क्रियाशिल सदस्यताको छानविन, व्यवस्थापन र अन्तिम सूची तयार गर्ने काममा केन्द्रीत भएर छलफल भएको पनि उनले बताए ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ५७ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक