एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा « Khabarhub

एमाले नेता बेदुराम भुसालद्वारा पार्टी परित्यागको घोषणा


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्यागको घोषणा गरेका छन्।

उनले आफूमाथि स्वतन्त्र सांसदको हैसियतमा व्यवहार होस् भन्दै संसद् सचिवालयलाई पत्र लेखेका हुन् । उनले आफू स्वतन्त्र सांसद रहेको संसद् सचिवालयमा पत्र लेख्दै जानकारी गराएका हुन् ।

नेता भुसालले आफू तत्कालीन नेकपाको हैसियतमा निर्वाचित भएको र त्यहीअनुसार आफू स्वतन्त्र रहने गरी संसद् सचिवालयमा पत्रचार गरेको बताए ।

एमालेभित्र अन्तरविरोध उत्कर्षमा पुगेका बेला भुसालको यस्तो निर्णय आएको हो ।

उनी तत्कालीन नेकपाको हैसियतमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । उनले पत्रमा सर्वोच्च अदालतले नेकपा भंग गरेपछि आफू दलविहीन भएको दाबी गरेका छन् ।

नेता भुसालले सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि आफू नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलको सदस्य नभएको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै दलको सदस्य नहुने बताएका छन् ।

भुसाल एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूह निकट नेताका रुपमा चिनिन्छन् ।  भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गरेका छन् ।

 

 

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : ०८ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली