कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशनदेखि मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा « Khabarhub

कांग्रेस पदाधिकारी बैठक आज, महाधिवेशनदेखि मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

बिहान १० बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नै बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र मन्त्रिपरिषद विस्तारसम्मका विषय छलफलमा रहेको नेता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न गठित छानविन समितिले प्रतिवेदन बुझाउने तयारी पनि गरेको छ । समितिको उक्त प्रतिवेदनलाई आधार मानेर क्रियाशीलता सदस्यता विवादलाई लिएर पार्टी कार्यालयमा जारी धर्ना र अनसनरत नेता कार्यकर्ताको माग सम्बोधनको तयारी पनि भएको छ ।

आजको बैठकमा फेरफेर भएका महाधिवेशनका कार्यतालिकालाई कसरी अघि बढाउँदै महाधिवेशन निर्धारित मितिमै अघि बढाउन सकिन्छ भन्नेबारेमा पदाधिकारीहरुले राय दिने  पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  साउन १२ का लागि तय भएको कांग्रेसको वडा अधिवेशन स्थगित भइसकेको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।

आजको बैठकमा मन्त्रिपरिषद विस्तारका विषयमा पनि छलफल हुने जनाइएको छ । सभापति देउवाले सल्लाह नै नगरी स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेपछि कतिपय नेताहरु रूष्ट छन् । उनीहरुले यसबारे प्रश्न उठाउने तयारी गरेका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ७ : २६ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार