जसपा केन्द्रीय कार्यकारिणी बैठक आज, ठाकुर पक्ष नजाने | Khabarhub Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी बैठक आज, ठाकुर पक्ष नजाने


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेका छन् ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने गरी बैठक डाकिएको कार्यकारिणी सदस्य प्रदिप यादवले जानकारी दिए । बैठकमा महन्थ ठाकुर-राजेन्द्र महतो समूलाई खबर गरिएको यादबले जानकारी दिए ।

तर, ठाकुर-महतो पक्ष भने बैठकमा सहभागी नहुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । निर्वाचन आयोगले अन्याय गरेकाले त्यसलाई स्वीकारेर यादबले डाकेको बैठकमा नजाने उनले बताए । आफूहरु निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा जाने विषयमा आन्तरिक छलफलमा रहेको उनले बताए । बैठकबारे खबरसमेत नभएको उनको भनाइ छ ।

‘आयोगको निर्णयविरूद्ध अदालत जान्छौँ । १५ गते सर्वोच्चले दुबै पक्षलाई डाकेकाले त्यसपछि जाने वा अघि भन्नेमा हामी परामर्शमा छौँ,’ कर्णले भने, ‘उपेन्द्रसँग समर्पित भएर पार्टीमा बस्न सक्दैनौँ बरू नयाँ पार्टी खोल्छौँ ।’

पार्टी विवादबारे ठाकुर पक्षले हालेको रिटमा सर्वोच्च अदालतले साउन १५ मा दुबै पक्षलाई डाकेको छ ।

आधिकारिकता प्राप्त गरेपछि यादव पक्षले ठाकुर पक्षलाई गल्ती स्वीकारेर आत्मालोचना गरेर आए कारबाही नगर्ने बताएका छन् । यादब पक्षको आजको बैठकले संसदीय दलको विधान मस्यौदालाई अनुमोदन गर्ने तथा सरकारमा जाने औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

सरकारको पुनर्निर्माण कोषमा व्यवसायीको सहयोग

गलकोट– जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका

नारायणगढ–मुग्लिन सडकमा फसेका ५५० यात्रुलाई निःशुल्क घुम्ती बस सेवाबाट उद्धार

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डमा फसेका ५ सय ५० यात्रुलाई निःशुल्क घुम्ती

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर– सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी

वीरगञ्ज नाका पहिलो दुई महिनामा १७ अर्बको सामान निर्यात

वीरगञ्ज– चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १७ अर्ब