जसपा केन्द्रीय कार्यकारिणी बैठक आज, ठाकुर पक्ष नजाने « Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी बैठक आज, ठाकुर पक्ष नजाने


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेका छन् ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने गरी बैठक डाकिएको कार्यकारिणी सदस्य प्रदिप यादवले जानकारी दिए । बैठकमा महन्थ ठाकुर-राजेन्द्र महतो समूलाई खबर गरिएको यादबले जानकारी दिए ।

तर, ठाकुर-महतो पक्ष भने बैठकमा सहभागी नहुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । निर्वाचन आयोगले अन्याय गरेकाले त्यसलाई स्वीकारेर यादबले डाकेको बैठकमा नजाने उनले बताए । आफूहरु निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा जाने विषयमा आन्तरिक छलफलमा रहेको उनले बताए । बैठकबारे खबरसमेत नभएको उनको भनाइ छ ।

‘आयोगको निर्णयविरूद्ध अदालत जान्छौँ । १५ गते सर्वोच्चले दुबै पक्षलाई डाकेकाले त्यसपछि जाने वा अघि भन्नेमा हामी परामर्शमा छौँ,’ कर्णले भने, ‘उपेन्द्रसँग समर्पित भएर पार्टीमा बस्न सक्दैनौँ बरू नयाँ पार्टी खोल्छौँ ।’

पार्टी विवादबारे ठाकुर पक्षले हालेको रिटमा सर्वोच्च अदालतले साउन १५ मा दुबै पक्षलाई डाकेको छ ।

आधिकारिकता प्राप्त गरेपछि यादव पक्षले ठाकुर पक्षलाई गल्ती स्वीकारेर आत्मालोचना गरेर आए कारबाही नगर्ने बताएका छन् । यादब पक्षको आजको बैठकले संसदीय दलको विधान मस्यौदालाई अनुमोदन गर्ने तथा सरकारमा जाने औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १० : २५ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित