कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन « Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले सभापति देउवालाई बुझायो प्रतिवेदन


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले गठन गरेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समिति संयोजक रमेश लेखकले सदस्यता छानविन समितिको प्रतिवेदन बुझाएका हुन् ।

८ लाख ५२ हजार क्रियाशील सदस्यताको विवरणसहितको प्रतिवेदन बुझाएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेता लेखकले भने, ‘हामीले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण र नयाँतर्फ ७५ जिल्लामा प्रवेश गरेर बुझाएका छौँ।’

समिति संयोजक लेखकले बारा र सप्तरीको क्रियाशील सदस्यता नवीकरण भएको तर नयाँ वितरण गरिएका क्रियाशील सदस्यता भने टुंगोमा पुग्न नसकेको जानकारी दिए ।

उनले भने, ‘बारा र सप्तरीमा नवीकरणको बारेमा टुंगो लगाएका छौँ। नयाँ क्रियाशीलको कागजात ढिलो प्राप्त भएकाले त्यो विषयमा प्रवेश गर्न सकेनौँ । धनुषा ४ नम्बर क्षेत्र र सर्लाही–२ मा टुंगोमा पुग्न नसकेकाले केन्द्रीय नेतृत्वलाई नै टुंगोमा पुग्न अनुरोध गरेका छौँ ।’

समितिले तयार गरेको प्रतिवेदनमा कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत पेश गरेका छन् । तर विवाद भएका स्थानमा १३ औँ महाधिवेशनको क्रियाशील सदस्यताका आधारमा महाधिवेशन गर्ने निर्णय समितिले गरेको छ । नेता लेखकले भने, ‘प्रतिवेदन केन्द्रीय नेतृत्वसमक्ष प्रस्तुत गरेका छौँ । केही ठाउँ, केही निर्वाचन क्षेत्र र वडामा विवाद थियो । विवाद भएका स्थानमा नवीकरणतर्फ कै क्रियाशील सदस्यताले अधिवेशन गर्ने हामीले निर्णय गरेका छौँ । समितिमा सहमतिमै निर्णय भएको छ ।’

नेता लेखकले १३ औं महाधिवेशनमा ३३ वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता टुंगोमा पुग्न नसकेको अवस्थामा अहिले भने केही स्थानमा मात्रै विवाद समाधान नभएको लेखकले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  १ : २० बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार