माओवादी केन्द्रको स्थायी कमिटी जारी « Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी जारी


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सरकार विस्तारका विषयमा छलफल भइरहेको छ ।

आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको नाम टुंग्याउने बताइएको छ । सरकारमा अहिले माओवादी केन्द्रका दुई मन्त्री छन् ।

माओवादी केन्द्रका ४९ सांसद नै मन्त्री बन्ने होडमा लागेपछि आफू समस्यामा परेको बताएका अध्यक्ष प्रचण्डले आजको स्थायी कमिटीबाट नाम टुंग्याउने तयारी गरेका हुन् ।

यसअघि नै जनार्दन शर्मा र पम्फा भुसाल मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् । अब माओवादी केन्द्रको भागमा बढीमा ५ मन्त्री पर्नेछन् ।

आजको बैठकमा संवैधानिक नियुक्ति, प्रदेश प्रमुखको परिवर्तन र पार्टीको सहभागिता लगायत विषयमा समेत छलफल हुने बताइएको छ । माओवादीको भागमा २ प्रदेश प्रमुख पाउने सत्ता गठबन्धन दलबीच सहमति भइसकेको छ ।

आज बिहान मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : ०३ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,