२९ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार « Khabarhub

२९ अंकले बढ्यो नेप्से, १५ अर्बको कारोबार


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्से मंगलबार २९ अंकले बढेको छ । आज २९ दशमलव २ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो ।

मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबार कमाउनेमा जलविद्युत कम्पनी र गुमाउनेमा लघुवित्त कम्पनी रहेका छन् । विकास बैंक ३५, जलविद्युत ११९, फाइनान्स ७१, निर्जीवन बीमा १२०, उत्पादन ३०५, जीवन बीमा २६० र अन्य समूह ६० अंकले बढेका छन् । समूहगत रुपमा बैंकिङ ३, ब्यापार २, होटल तथा पर्यटन १८ र माइक्रोफाइनान्स समूह ११६ अंकले घटेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत ३.१९ अंकले बढेर ५७४.३० विन्दुमा पुगेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन र माइक्रोफाइनान्स बाहेकका सबै जसो समूह धनात्मक (पोजेटिभ) हुँदा १५ अर्ब माथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड २३ लाख ५५ हजार कित्ता माथिको शेयर १ लाख ४१ हजार पटक भन्दा बढी किनबेच हुँदा १५ अर्ब १७ करोड माथिको कारोबार भएको हो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले