अवैधरूपमा बालुवा निकाल्दै बच्छला क्रसर उद्योग « Khabarhub

अवैधरूपमा बालुवा निकाल्दै बच्छला क्रसर उद्योग


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोक जिल्लामा नदीको बगरबाट अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी बढेको छ ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ मा रहेको बच्छला क्रसर उद्योगले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गरेको पाइएको छ ।

खानी तथा नदीजन्य पदार्थको उत्खनन् कार्यको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले असार १ गते नै सूचना जारी गरी ३ महिनासम्म नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने जनाएको थियो ।

नीतिगत व्यवस्था अनुसार सो समयमा बगर उत्खनन्‌मा एक्साभेटर (डोजर) को प्रयोग गर्न नपाइने जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ बताउछन् । तर सो सूचनाको बेवास्ता गर्दै बच्छला क्रसर उद्योगले खुलेआम रुपमा नदीमा नै एक्साभेटर (डोजर) लगाएर बालुवा उत्खनन् गरिरहेको छ ।

क्रसरले बगरमा बिहान, साँझ र राति एक्साभेटर परिचालन गरी बालुवा निकालेर निकासी गरिरहेको स्थानीयले बताए ।

अवैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न व्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य वस्तु जफत गर्ने गरेको जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । सो बापत यस वर्ष मात्रै ३ लाख भन्दा बढी राजश्व संकलन भइसकेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोक जिल्लामा २० वटा क्रसर उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामशरण गौतमले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले आफूहरुलाई अटेर गरेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : २२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।