अवैधरूपमा बालुवा निकाल्दै बच्छला क्रसर उद्योग | Khabarhub Khabarhub

अवैधरूपमा बालुवा निकाल्दै बच्छला क्रसर उद्योग


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोक जिल्लामा नदीको बगरबाट अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन् र चोरी निकासी बढेको छ ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ मा रहेको बच्छला क्रसर उद्योगले अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन् गरी निकासी गरेको पाइएको छ ।

खानी तथा नदीजन्य पदार्थको उत्खनन् कार्यको अनुगमनको जिम्मेवारी जिल्ला समन्वय समितिलाई दिइएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले असार १ गते नै सूचना जारी गरी ३ महिनासम्म नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने जनाएको थियो ।

नीतिगत व्यवस्था अनुसार सो समयमा बगर उत्खनन्‌मा एक्साभेटर (डोजर) को प्रयोग गर्न नपाइने जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ बताउछन् । तर सो सूचनाको बेवास्ता गर्दै बच्छला क्रसर उद्योगले खुलेआम रुपमा नदीमा नै एक्साभेटर (डोजर) लगाएर बालुवा उत्खनन् गरिरहेको छ ।

क्रसरले बगरमा बिहान, साँझ र राति एक्साभेटर परिचालन गरी बालुवा निकालेर निकासी गरिरहेको स्थानीयले बताए ।

अवैधरुपमा उत्खनन् र ढुवानीमा संलग्न व्यक्तिलाई पक्राउ तथा साधनलाई नियन्त्रणमा लिने, जरिवाना तिराउने र उत्खनन् भएका नदीजन्य वस्तु जफत गर्ने गरेको जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । सो बापत यस वर्ष मात्रै ३ लाख भन्दा बढी राजश्व संकलन भइसकेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोक जिल्लामा २० वटा क्रसर उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रामशरण गौतमले जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुले आफूहरुलाई अटेर गरेको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ६ : २२ बजे

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

चितवन– यहाँको संघीय अस्पताल भरतपुर अस्पतालबाट एक वर्षमा पाँच हजार

मन्त्री पौडेलले गरे बालबालिकाको प्रतिरक्षा क्षमता बढाउने कार्यक्रम ‘स्वर्णप्राशन’को शुभारम्भ

कैलाली– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट

शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक

म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक

याङ्गुन– म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी

बागमती– मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी