वाग्मती प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणित « Khabarhub

वाग्मती प्रदेशसभाबाट पारित विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणित


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा-वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम वाग्मती प्रदेशसभाबाट पारित विधेयक प्रमाणीत गरेका छन् ।

उनले प्रमाणीकरण गरेको ‘प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

वाग्मती प्रदेशसभा सचिवालयबाट प्रमाणीत भई आएको सो विधेयकलाई प्रदेश प्रमुख प्रसाईंले संवैधानिक प्रक्रिया पूरा गरी आजै प्रमाणीकरण गरेको र सोको जानकारी वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : १५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले