घरको नकारात्मक उर्जा हटाउन के गर्ने ? « Khabarhub

घरको नकारात्मक उर्जा हटाउन के गर्ने ?


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर निर्माणदेखि घरका हरेक वस्तुसंग जोडिएको जानकारी वास्तुशास्त्रमा पाउन सकिन्छ । शास्त्र अनुसार यी जानकारी र नियमको पालना गरे घर र जीवनमा सुख–समृद्धि पाउन सकिन्छ । तर केहि नियम पालना नभएमा भने क्षतीसम्म हुनसक्छ । वास्तुका यिनै नियमको चर्चा गरौं ।

– वास्तु अनुसार मन्दिरमा खण्डित मूर्ति राख्दा नकारात्मक ऊर्जा प्रवाह बढ्दछ त्यसैले मन्दिरमा राखीएको तस्वीर वा प्रतिमा केही च्यातिए, चर्किए वा टुटफुट भए यसलाई हटाउनु पर्दछ । अन्यथा परिवारमा कलह र धनको समस्या बढ्ने वास्तुको मान्यता छ । यस्ता मुर्तीलाई नदि वा उचित स्थानमा प्रवाहित गर्नु पर्दछ ।

– हिन्दू धर्ममा कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ । साथै घरको नकारात्मक उर्जा बाहर निकाल्न उपयोगी कुचोको विशेष ध्यान दिनुपर्ने धार्मीक विश्वास छ । मान्यता अनुसार सूर्यास्तपछि बर्ढानु हुदैँन । यसका साथै कुचोलाई घर आउने जाने मानिसले देख्ने गरी राख्नु हुदैँन । अन्यथा घरमा पैसाको अभाव हुने धार्मीक विश्वास छ ।

– वास्तु अनुसार धन राखीएको आलमारी वा दराजको ढोका दक्षिण दिशातर्फ खुल्ने हुदैँन । अन्यथा घर वा कार्यस्थलमा सम्पती राख्ने दराजको ढोका दक्षिण दिशामा खुलेमा सदैव धनको अभाव हुने धार्मीक मान्यता छ । यो उत्तरतफ खुल्ने गरी राख्नु पर्दछ ।

– धाराबाट पानी चुहिनु सामान्य हो । तर यो समस्या धारा बन्द गर्दा पनि हुने भयो भने यसलाई सामान्य रुपमा लिनु हुदैँन । मान्यता अनुसार जसरी पानी खर्च हुन्छ त्यसरी नै घरबाट धन बाहर जाने गर्दछ । र आर्थिक स्थिति कमजोर बन्ने गर्दछ ।

– घरको मुख्यद्वारबाट केवल आउजाउ मात्र हुदैँन घरमा ऊर्जा पनि प्रवेश गर्दछ । त्यसैले वास्तु अनुसार घरको मुख्यद्वारमा कहिल्यै फोहोर हुनुहुदैँन । साथै टुटफुटका सामा राखिएको हुनुहुदैँन । यतिमात्र होइन फोहोरदान पनि घरको मुख्यद्धार अगाडी हुनु हुदैँन ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ६ : ०५ बजे

स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो

काठमाडौँ–जारी आईसीसी टी–२० विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेटले पहिलो जित निकालेको

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि

भक्तपुर – यस वर्षको कक्षा १२ को परीक्षा आगामी वैशाख

एसपी सुवेदीलाई पर्सा पठाइयो

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय पर्सामा एसपी नरेशराज सुवेदीलाई खटाउने

स्कटल्यान्डविरुद्ध पावर प्लेमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ- आईसीसी टी–२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बुधबार बस्दैछ ।