पहिरोले घर लगेपछि खुला चौरको बास « Khabarhub

पहिरोले घर लगेपछि खुला चौरको बास


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– गत साउन १६ गते नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो ।

उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिरोले पुरिदियो भने अर्को घर जोखिममा परेको छ । पाँच जनाको परिवार त्रिपाल टाँगेर खुलाचौरमा बसेको डाँगीले बताए । अहिलेसम्म कतैबाट राहत नपाएको उनले गुनासो गरे ।

पहिरोका कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापालगायत एक दर्जन घर जोखिममा परेका छन् । गाउँ माथिबाट खसेको पहिराले घरमा क्षति मात्र गरेन, पाखो तथा खेतमा लगाएको धान, मकै र फलफूलका बिरुवासमेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी सडक खन्नुले पहिराको जोखिम बढेको स्थानीयवासी भुवन केसीको भनाइ छ ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिराको जोखिम बढेको छ । विकासले उल्टै विनाश निम्त्याएको छ । नगरपालिकाले जथाभावी सडक निर्माण गर्दा पहिराको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मूल्याङ्कन तथा अध्ययनबिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिराको जोखिम बढेको छ ।

जिल्लाका खलङ्गा पाँचकाटिया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटिया पैक, पाँचकाटिया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्केलगायत दर्जन बढी ग्रामीण सडकमा असार पहिलो सातादेखि यातायात सेवा अवरुद्ध छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ९ : १३ बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६