पाकिस्तानमा आपराधिक ग्याङहरूलाई राजनीतिज्ञहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्रीको भनाइ « Khabarhub

पाकिस्तानमा आपराधिक ग्याङहरूलाई राजनीतिज्ञहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्रीको भनाइ


११ भदौ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा आन्तरिक मामिला मन्त्रीले सिन्धस्थित आपराधिक ग्याङहरूलाई केही राजनीतिज्ञहरूले संरक्षण गरेको टिप्पणी गरेका छन् ।

सिन्ध प्रान्तमा सक्रिय शसस्त्र डाकु ग्याङहरूलाई केही राजनीतिक स्वार्थ भएकाहरूले संरक्षण गरेको आन्तरिक मामिला मन्त्री शेख रासिद अहमदले टिप्पणी गरे ।

सिन्ध प्रान्तमा केन्द्र सरकारले गभर्नर शासन लागु नगर्ने पनि उनले स्पष्ट पारे । सिन्ध प्रान्तको आन्तरिक मामिलामा प्रधानमन्त्री इमरान खानले हस्तक्षेप गर्न नचाहेको उनले बताए ।

सिन्ध प्रान्तको कात्चा क्षेत्रमा सक्रिय आपराधिक ग्याङ हटाउन केन्द्र सरकार पनि लागि परेको उनले बताए । आपराधिक ग्याङविरुद्ध प्रहरीलाई सहयोग गर्न सिन्ध रेन्जरहरू पनि तयार रहेको उनले बताए ।

आवश्यक भएमा रेन्जरहरू खटाउन सिन्ध सरकारको बिशेषअधिकार रहेको पनि उनले बताए । सिन्धमा आपराधिक ग्याङको बिषयबारे प्रधानमन्त्री खानलाई रिपोर्ट पेश गर्ने पनि शेखले बताए ।

केन्द्र सरकारले मुत्ताहिदा क्वामी अभियानलाई समर्थन गर्ने बताउँदै आर्थिक अनियमितता गर्ने प्रान्तका सरकारी अधिकारीहरूमाथि कारबाही हुने उनले बताए ।

सिन्धमा समस्याको रुपमा रहेको आपराधिक ग्याङविरुद्ध केन्द्र र प्रान्त सरकारले सहकार्य गर्नेबारे प्रान्तीय मुख्य मन्त्रीसँग वार्ता भएको पनि शेखले बताए । सिन्ध प्रान्तका विभिन्न आदिवासी क्षेत्रहरूमा शसस्त्र आपराधिक ग्याङहरू सक्रिय रहेका छन् । स्रोत द न्यूज

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ११ : ३९ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान