निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए « Khabarhub

निधिले सम्पर्क कार्यालय स्थापना गर्नुअघि पुजारीको आशिर्वाद लिए


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका कांग्रेस उपसभापति विमलेन्द्र निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् ।

उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको आशिर्वाद लिएका छन् । निधिका प्रेस सल्लाहाकार रामजी दाहालले भने, ‘सभापतिको निर्वाचनको तयारीमा रहेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा शुभाशिष लिनुभयो ।’

निधिले सम्पर्क कार्यालयमार्फत महाधविशेनका सम्पूर्ण तयारीको समन्वय गर्ने र दैनिक कार्यालयमा उपस्थित हुने सल्लाहाकार दाहालले बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : ३४ बजे

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।