सभापति देउवासँग वार्ता गर्ने पौडेल समूहको निर्णय « Khabarhub

सभापति देउवासँग वार्ता गर्ने पौडेल समूहको निर्णय


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले पार्टीको अधिवेशनबारे देखिएका विवादबारे सभापतिसँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

महाधिवेशन तथा अधिवेशनका विषयमा देखिएका व्यवहारिक कठिनाइबारे सभापति देउवासँग छलफल गर्नुपर्ने देखिएकाले शुक्रबारै साँझसम्म प्रधानमन्त्री तथा सभापति देउवासँग छलफल गरिने रिजालले बताए ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिकोहरुको धर्नालगायतका विषयमा सभापतिसँग छलफल गरिने भएको हो ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने तथा सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रिया एउटै हुनुपर्नेलगायतका माग राखी पौडेल पक्षीय जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन गरिरहेका छन् ।

विहीबार राति केही जिल्लाहरुको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ भने शुक्रबार ३८ जिल्लामा निर्वाचन प्रतिनिधिहरु खटाइएको छ । पौडेल पक्षले यही भदौ १८ मा जसरी पनि वडा अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि दबाब दिन पनि सभापति देउवासँग छलफल गरिने भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : ५९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज