सभापति देउवासँग वार्ता गर्ने पौडेल समूहको निर्णय « Khabarhub

सभापति देउवासँग वार्ता गर्ने पौडेल समूहको निर्णय


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतर समूहले पार्टीको अधिवेशनबारे देखिएका विवादबारे सभापतिसँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार बिहान पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठकले सभापति देउवासँग छलफल गर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

महाधिवेशन तथा अधिवेशनका विषयमा देखिएका व्यवहारिक कठिनाइबारे सभापति देउवासँग छलफल गर्नुपर्ने देखिएकाले शुक्रबारै साँझसम्म प्रधानमन्त्री तथा सभापति देउवासँग छलफल गरिने रिजालले बताए ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिकोहरुको धर्नालगायतका विषयमा सभापतिसँग छलफल गरिने भएको हो ।

क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने तथा सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रिया एउटै हुनुपर्नेलगायतका माग राखी पौडेल पक्षीय जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालयमा रिले अनशन गरिरहेका छन् ।

विहीबार राति केही जिल्लाहरुको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ भने शुक्रबार ३८ जिल्लामा निर्वाचन प्रतिनिधिहरु खटाइएको छ । पौडेल पक्षले यही भदौ १८ मा जसरी पनि वडा अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसका लागि दबाब दिन पनि सभापति देउवासँग छलफल गरिने भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १२ : ५९ बजे

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६