म कसैलाई रिटायर गर्न सभापतिको उम्मेदवार बन्न लागेको होइन : निधि « Khabarhub

म कसैलाई रिटायर गर्न सभापतिको उम्मेदवार बन्न लागेको होइन : निधि


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवाहरुलाई नेतृत्वमा अगाडि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै उनले सार्वजनिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरे ।

सो क्रममा निधिले अहिले ३५ प्रतिशत युवाहरु कांग्रेसको क्रियाशील सदस्य बनेको भन्दै ती युवाहरुलाई नेतृत्वमा ल्याउन पनि आफूले सभापतिमा उम्मेदवारी दिनुपर्ने अवस्था आएको बताए । उनले कसैसँग शत्रुतता नरहेको भन्दै मित्रवत् प्रतिस्पर्धा गरिने बताए । उनले भने, ‘म कसैलाई रिटायर गर्न उम्मेदवार बन्न लागेको होइन । सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने हो ।’

नेपाल विद्यार्थी संघको राजनीतिदेखि सभापति शेरबहादुर देउवासँग निकट रहेका उनले १३ औं महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए । त्यतिबेला १४ औं महाधिवेशनमा देउवाले सहयोग गर्ने बताएको आफु निकटहरुसँग निधिले बताउने गरेका छन् । तर, १४ औं महाधिवेशनमा सभापतिमा पुनः दोहोरिन देउवा आफै कस्सिएका छन् ।

निधिले शुक्रबार तामझामका साथ सम्पर्क कार्यालय स्थापना गरेसँगै देउवा समूहबाट देउवा निर्विकल्प उम्मेदवार नहुने प्रस्ट भएको छ ।

यसअघि देउवा समूहबाट देउवा नै निर्विकल्प उम्मेदवार हुने चर्चा थियो । तर, निधिको पाइला अब नरोकिने देखिएको छ । देउवा इतर समूहमा भने आधा दर्जनभन्दा धेरै सभापतिका आकांक्षी छन् । तर देउवालाई पराजित गर्न पौडेल समूहबाट एकजना उम्मेवार बनाउने कसरत भने जारी छ । अब निधिको भूमिकाले देउवालाई समस्या पार्न सक्ने देखिएको छ ।

आगामी मसिंर दोस्रो साता कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । यही भदौ १८ मा वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनका लागि शुक्रबार नै ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ३९ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन