म कसैलाई रिटायर गर्न सभापतिको उम्मेदवार बन्न लागेको होइन : निधि « Khabarhub

म कसैलाई रिटायर गर्न सभापतिको उम्मेदवार बन्न लागेको होइन : निधि


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवाहरुलाई नेतृत्वमा अगाडि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै उनले सार्वजनिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरे ।

सो क्रममा निधिले अहिले ३५ प्रतिशत युवाहरु कांग्रेसको क्रियाशील सदस्य बनेको भन्दै ती युवाहरुलाई नेतृत्वमा ल्याउन पनि आफूले सभापतिमा उम्मेदवारी दिनुपर्ने अवस्था आएको बताए । उनले कसैसँग शत्रुतता नरहेको भन्दै मित्रवत् प्रतिस्पर्धा गरिने बताए । उनले भने, ‘म कसैलाई रिटायर गर्न उम्मेदवार बन्न लागेको होइन । सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने हो ।’

नेपाल विद्यार्थी संघको राजनीतिदेखि सभापति शेरबहादुर देउवासँग निकट रहेका उनले १३ औं महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए । त्यतिबेला १४ औं महाधिवेशनमा देउवाले सहयोग गर्ने बताएको आफु निकटहरुसँग निधिले बताउने गरेका छन् । तर, १४ औं महाधिवेशनमा सभापतिमा पुनः दोहोरिन देउवा आफै कस्सिएका छन् ।

निधिले शुक्रबार तामझामका साथ सम्पर्क कार्यालय स्थापना गरेसँगै देउवा समूहबाट देउवा निर्विकल्प उम्मेदवार नहुने प्रस्ट भएको छ ।

यसअघि देउवा समूहबाट देउवा नै निर्विकल्प उम्मेदवार हुने चर्चा थियो । तर, निधिको पाइला अब नरोकिने देखिएको छ । देउवा इतर समूहमा भने आधा दर्जनभन्दा धेरै सभापतिका आकांक्षी छन् । तर देउवालाई पराजित गर्न पौडेल समूहबाट एकजना उम्मेवार बनाउने कसरत भने जारी छ । अब निधिको भूमिकाले देउवालाई समस्या पार्न सक्ने देखिएको छ ।

आगामी मसिंर दोस्रो साता कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । यही भदौ १८ मा वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनका लागि शुक्रबार नै ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  २ : ३९ बजे

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

बुहारीमाथि आगो लगाइ हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ

कमलामाई– पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु

सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह

एजेन्सी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार