जनकपुरमा जसपाको अभिमुखीकरण कार्यक्रम « Khabarhub

जनकपुरमा जसपाको अभिमुखीकरण कार्यक्रम


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ अन्तर्गत जनकपुरमा शुक्रबार शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको सहभागिता रहेको छ ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण अभियानको सो कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेताको सहभागिता छ ।

आगामी निर्वाचनमा पार्टीलाई अझ सशक्त र बलियो बनाई मुलुकको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्यले यो अभियान थालिएको हो । जसपाले देशका सात प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दै छ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ४ : २८ बजे

पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने

आन्दोलनमा समर्थन गर्नेलाई मिराज ढुंगानाको धन्यवाद

काठमाडौं – संयुक्त जेन–जी आन्दोलनका संयोजक मिराज ढुंगानाले सोमबारको आन्दोलनलाई

‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले आन्तरिक स्रोत सुदृढ बनाउँदै राजस्व चुहावट

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२