समयमै उद्धार हुन नसक्दा सुत्केरीको मृत्यु « Khabarhub

समयमै उद्धार हुन नसक्दा सुत्केरीको मृत्यु


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा एक सुत्केरीको मृत्यु भएको छ ।

चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् ।

उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उनले बताइन् ।

बुधबार राति सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए । सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताइन ।

उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उनको भनाइ छ । “प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला”, उनले भनिन्, “सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सुत्केरी बचाउन सकिएन ।”

बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ ।

सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : १५ बजे

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर