जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग « Khabarhub

जन नमूना माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंकले जन नमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ।

सुर्खेत,पिपल चौतारा वडा न. ६ स्थित जन नमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी आर्थिक सहयोग प्रदान गरेको हाे।

समुदायमा व्यवस्थित ढंगले शुद्व पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागी बैंकले श्री जन नमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रम मार्फत एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, श्री जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला,प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर वडा न. ६ सुर्खेतका वडा अध्यक्ष मोती प्रसाद कंडेलको उपस्थिति रहेको थियो। खानेपानी धाराको जडान पश्चात सो विद्यालयका विद्यार्थीहरु, समुदायका मान्छेहरु र आवतजावत गर्ने बटुवाहरुले शुद्ध खानेपानीको लाभ लिन सक्नेछन्।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : १६ बजे

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली – यही असोज ८ गते बेलुकादेखि ११ गते बिहानसम्म

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर