ओली, महन्थ र महतो प्रतिमगनका उत्ताराधिकारी हुन् : यादव « Khabarhub

ओली, महन्थ र महतो प्रतिमगनका उत्ताराधिकारी हुन् : यादव


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसप) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् ।

जसपाले शुक्रबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली–महन्थ समूह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेकोले उनीहरु सत्ताच्यूत भएर जनतामा नांगिएको टिप्पणी गरे ।

यादवले भने, ‘पञ्च केपी ओली केशरजंग रायमाझी बन्न खोजेका थिए र महन्थ–महतो बेदानन्द झा बन्न खोजेको थिए तर परिवर्तन विरोधी उनीहरुको कदमलाई हामीले विफल पारिदियौं ।’

संघीय गणतन्त्र र समावेशीकरण सहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले आगामी निर्वाचनमा जसपा बलियो वैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे ।

महन्थ–महतोको सांसद पद आफूहरुले जोगादिएको जिकिर गर्दै अध्यक्ष यादवले भने, ‘हामीले चाहेको भए केन्द्रदेखि प्रदेशसम्म कारबाही गरेर उनीहरुको सांसद पद खोस्न सक्थ्यौं । तर हामीले केही गरेनौं ।’

अध्यक्ष यादवले जसपालाई समाजवादको केन्द्र बताएका छन् । ‘समाजवादी भनेर कसैले नाम, नीति वा एजेन्डा बोके पनि नेपालमा समाजवादको केन्द्र जसपा नै हो’, उनले भने ।

जसपा अध्यक्ष यादवले प्रदेश २ मुख्यमन्त्री र मन्त्रीहरुलाई जनहितको कामलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । उनले भने, ‘तपाईहरु जनताको काममा समर्पित भएर अन्य प्रदेश भन्दा फरक तर उदाहरणीय बनेर देखाउनुस् ।’

सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय अनुसार प्रदेश २ अन्तर्गत जनकपुरमा शीर्ष नेतृत्व सहभागी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम शुक्रबार आयोजना गरिएको हो ।

कार्यक्रममा जसपा पार्टी अध्यक्ष यादवसहित वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह लगायतको उपस्थिति थियो ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एवं जनजागरण (सुज) अभियान अन्तर्गत जनकपुरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका पार्टी अगुवा नेतृत्वको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ४० बजे

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी