गाई मारेको आरोपमा एक पक्राउ « Khabarhub

गाई मारेको आरोपमा एक पक्राउ


११ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ- गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक जनालाई पक्राउ गरेको छ ।

गाई मारेको सुराक पाएपछि अस्थायी प्रहरी पोष्ट पाटादेवल र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले जिल्लाको खप्तडछान्ना गाँउपालिका–५ का २८ वर्षीय जनक आग्रीलाई पक्राउ गरेको हो ।

आग्रीले खप्तडछान्ना–६ राजकोटका बलबहादुर सार्कीको गोठबाट गाई चोरेर लाने क्रममा गर्भीणी गाई बाटोमा हिँड्न नसकेपछि वडा नं ५ को छात्राबस्टी नजिकै रहेको पुलमा चिर्पटले हिर्काएर मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका आग्रीमाथि यही भदौ ८ गते गाई चोरी गरी र मारेको अभियोगमा भदौ ११ गते मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

पक्राउ परेका आग्रीमाथिको अभियोग प्रमाणित भएमा चोरी गरेको आरोपमा दुईदेखि सातवर्ष कैद वा रु २० हजारदेखि ७० हजार जरिवाना र गाई मारेको अभियोगमा तीन वर्ष कैद सजाय हुने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ७ : ४३ बजे

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुआती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्यो इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल