सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : देउवा « Khabarhub

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : देउवा


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दा पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् ।

आज (सोमबार) सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धनका माध्यमबाट आय तथा रोजगारी सृजना गरी लाभको वितरण स्थानीय समुदायसम्म पुर्याउन सके आर्थिक समृद्धि हासिल गर्न सकिने प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।प्रधानमन्त्री देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको बताएका छन् ।

सो सन्देशमा प्रधानमन्त्री देउवाले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै यस क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको जनाएका छन् । अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्चमार्फत् पर्यटन प्रबद्र्धन र सहकार्यका प्रयास पनि हुँदै आएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

पर्यटन क्षेत्र कोभिड-१९को सङ्कटबाट ग्रस्त रहेको, व्यवसायहरु जोखिममा रहेको र कर्मचारी तथा कामदारको आम्दानी गुमेको सन्दर्भमा सरकारले यस क्षेत्रलाई पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड-१९ विरुद्धको खोपमा प्राथमिकता दिनेलगायतका नीतिगत व्यवस्था गरेको पनि प्रधानमन्त्री देउवाले सो सन्देशमा भनिएको छ । आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रका रुपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाइएको उनको भनाई छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ०५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका