कांग्रेसको पालिका अधिवेशन : ताप्लेजुङमा पनि सकियो नेतृत्व चयन « Khabarhub

कांग्रेसको पालिका अधिवेशन : ताप्लेजुङमा पनि सकियो नेतृत्व चयन


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ । एक नगरपालिकासहित नौ स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिमा नेतृत्व चयन गरेको हो ।

फुङलिङ नगरपालिकामा सुरेस सिङ्घक सभापतिमा निर्वाचित भएका कांग्रेस जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी सिरिजङ्घामा लालकृष्ण चौहान, सिदिङ्वामा प्रदीप राई, मिक्वाखोलामा पञ्च थलङ र मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै पाथीभरा याङ्वरकमा राम थेबे, आठराई त्रिवेणीमा विश्व सिटौला, फक्ताङलुङमा भद्र बोखिम र मैवाखोला गाउँपालिकामा खगेन्द्र थक्लुङ सभापतिमा चयन भएका छन्। फुङलिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकामा भने समय अभावलगायतका कारण आइतबार मात्रै निर्वाचन भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ५० बजे

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा

मस्कोको एक होस्टेलमा आगलागी : ४ जनाको मृत्यु, ६ घाइते

एजेन्सी– मस्को क्षेत्रको बलाशिखा शहरमा मंगलबार बिहान एक होस्टेलमा आगलागी

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले