‘इएफए स्टान्डअप’मा जोडिए मनीष « Khabarhub

‘इएफए स्टान्डअप’मा जोडिए मनीष


११ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिलिजको तयारी भइरहँदा कोभिडका कारण प्रदर्शन रोकिएको फिल्म ‘प्रेम गीत ३’बाट अभिनय यात्रा शुरु गरेका मनीष राउत स्टान्डअप शो ‘इएफए स्टान्डअप’मा जोडिएका छन् । विभिन्न ब्रान्डसँग आबद्ध राउत ब्राण्ड एम्बासडर रहेको क्लोथिङ ब्राण्ड डक्टर डेनिमले मनीषको शोलाई मुख्य प्रायोजन गरेको छ ।

काठमाडौको नयाँ बानेश्वरमा रहेको एभरेष्ट फिल्म एकेडमीले उक्त शोको निर्माण गरेको हो । शोमा मनीषकै निर्देशन छ । शोमा एउटा कलाकारलाई विभिन्न चरित्रमा देख्न पाइने उनले बताए । शोका केहि श्रृंखला सार्वजनिक गरिएको छ ।

इएफए इन्टरटेन्मेन्ट नामक यूट्युब च्यानलबाट साप्ताहिक रुपमा यो श्रृंखला आउने मनीषले बताए । शोमा एभरेष्ट फिल्म एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुकै सहभागिता रहने जनाइएको छ ।

छायांकार गौरीशंकर धुजुको डिओपी रहेको शोमा सौरभ पोखरेल, रन्जन कक्षपति र विकास सिटौलाले क्यामेरा चलाईरहेका छन् । विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी सम्पादक रहेको शोका निर्माता विशाल श्रेष्ठ र जोस्चल राजभण्डारी हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ११ : ३३ बजे

ट्रम्प भन्छन् : मेरो मन पर्ने कुरा इरानको तेल कब्जा गर्नु हो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आफ्नो नियन्त्रणमा लिन

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको